म तिमीसँग खुसी हुन सक्दिन
उनी खुसी हुन सकिनन्
म स्थिर हुन सकिन
सिथिल भए, गोडा जोडिए
आशुको पातलो पर्दाले आखाको झ्याल ढ्याप्पै लगायो
सडकपेटिमा ज्यान अडियो तर मस्तिष्क हामी डुलेका ठाउ फेरि एक राउन्ड हानेर आइपुग्यो
फेरि झस्काउने गरी आयो, ठोक्कियो म सँग मेरो दिमागमा
अगाडि बाइकको हर्न जोडले बज्यो
खै कसरी बिच सडक पुगिसकेछु
सम्हालिदै किनारा आइपुगे, गाडिको लाइट देखेँ गाडी देखिन
पर्दा अझै पनि लागिनै रहेको थियो
पानी पर्यो सिम सिम, सिम सिम, अलि ठूलो थोप्ला र दरङरङ दर्कियो अब
आखा आशुले भिज्यो, शरीर वर्षाले र मन …
मन त खाली थियो, रित्तो
तौलबिनाको भार झै, उनीबिनाको निधारझै
निथ्रुक्क भिजेछु, घर पुग्दा पुरै भिजेको
उनलाइ दिन भनेर किनेको गुडियाले पनि नुहाइसकिछे
काधमा भिरेको ब्यागपनी भिजेछ
ब्याग खोलेर हेरेँ,मेरो छाता चाहिँ भिजेको थिएन